Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संविधान दिवसमा नेपाल टेलिकमको अफर

संविधान दिवसमा नेपाल टेलिकमको अफर


  • 519
    Shares

    संविधान दिवसमा नेपाल टेलिकमको अफर
    images

    काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ । अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइने छ ।

    यस अफर अन्तर्गत रु. ४९९ (कर सहित) मा अनलिमिटेड लाइट ४९९ प्याकेज प्राप्त गर्न सकिनेछ । यस प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्राप्त हुनेछ । ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

    त्यसैगरी, बढी डाटा प्रयोग गर्ने ग्राहकहरूका लागि रु. ६९९ (कर सहित) अनलिमिटेड प्रो ६९९ प्याकेज उपलब्ध गराइएको छ । यस प्याकेज अन्तर्गत ३० दिनसम्म दैनिक १० जीबी डाटा प्राप्त हुनेछ । १० जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

    पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुको हकमा रेन्टल चार्ज समेत प्याकेजमा समावेश गरिएको छ । 

    यो अफर यही २०८३ असोज ०२ गतेदेखि असोज ०४ गतेसम्म (तीन दिन) उपलब्ध हुने छ । अफर प्राप्त गर्नका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट*1415*11# डायल गर्न वा नेपाल टेलिकम एपको प्रयोग गर्न सक्नु हुनेछ ।

     

     

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १७:४३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij