२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय महिला पक्राउ परेका छन्।
बिहीबार बिहान भारतबाट लागुऔषधसहित नेपालतर्फ पैदल आउँदै गरेका जोगवनी बस्ने २५ वर्षीया लिजा खातुन र ४० वर्षीया जुली खातुन पक्राउ परेका हुन्।
चेकजाँच गर्ने क्रममा जुली खातुनको साथबाट ९० ग्राम ८५० मिलिग्राम खैरो हेरोइन फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीको भनाइ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij