Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा

सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा


  • 449
    Shares

    सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा
    images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सरकारका तर्फबाट तत्काल सकारात्मक पहल नभए सोमवारदेखि फिफाको निर्देशनअनुसार संघका नियमित तथा अत्यावश्यक गतिविधि अघि बढाउने बताएका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फामाथिको फिफाको निलम्बनका कारण राष्ट्रिय टोली, युवा टोली, एकेडेमीका खेलाडी, कर्मचारी, प्रशिक्षक तथा रेफ्रीलगायत प्रभावित भएको उल्लेख गर्दै राईले अब थप ढिला गर्दा नेपाली फुटबलले ठूलो क्षति व्यहोर्ने बताएका हुन्। उनकाअनुसार एन्फा एकेडेमीमा रहेका बालबालिकाको खानपान, बसोबास र पठनपाठन प्रभावित भएको छ ।

    यस्तै, यू–१५ विश्वकप तथा फेस्टिभलमा सहभागी हुने युवा टोलीको तयारीसमेत प्रभावित भएको उनले बताएका छन्। राईले सरकारसँग सहकार्य गर्न एन्फा तयार रहेको बताएका छन । तर त्यसो नभए फिफाको निर्देशनअनुसार सोमवारदेखि दैनिक गतिविधि सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

    एन्फा महासचिव राईकाअनुसार फिफाले निलम्वन फुकुवाका लागि राष्ट्रिय खेलकुद परिषद्ले २५ मार्च २०२६ मा गरेको निर्णय पूर्ण रूपमा खारेज गरी हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्ने र एन्फाको विधानअनुसार निर्वाचन प्रक्रिया यथाशीघ्र पूरा गर्नुपर्ने शर्त राखेको छ । फिफाको निलम्बन आगामी ३० सेप्टेम्बर २०२६ सम्म फुकुवा नभए बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता प्रभावित हुने एन्फाले जनाएको छ ।

    निलम्बनका कारण एन्फा मुख्यालय तथा एकेडेमीका कर्मचारी, राष्ट्रिय महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र रेफ्रीले पारिश्रमिक तथा तलब–भत्ता पाउन नसकेको र विभिन्न आपूर्तिकर्तालाई करिव १० करोड रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको एन्फाको दाबी छ । राईले अब ढिलाइ भए नेपाली फुटबलले थप नोक्सानी व्यहोर्ने चेतावनी दिँदै तत्काल समाधान खोज्न सरकार, फिफा र एएफसीसँग समन्वय आवश्यक रहेको बताएका छन्।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १७:३५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij