Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवाको हाइड्रो सुरुङबाट दुई जनाको सकुशल उद्धार

रसुवाको हाइड्रो सुरुङबाट दुई जनाको सकुशल उद्धार


  • 722
    Shares

    रसुवाको हाइड्रो सुरुङबाट दुई जनाको सकुशल उद्धार
    images

    काठमाडौं । रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ।

    जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म टनेलबाट दुई जनाको सकुशल उद्धार गरिसकेको छ। 

    सुरुङभित्र अझै कति मानिसहरू फसेका छन् भन्ने विषयमा खोजी जारी छ र उनीहरूको उद्धार कार्यको प्रयास पनि भइरहेको छ। टनेलको अप्ठ्यारो स्थितिमा पनि सेनाले प्राविधिक उपकरण र विशेष तालिमप्राप्त टोली परिचालन गरी बाँकी रहेका मानिसहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको सेनाले जनाएको छ । 

     

    प्रकाशित मिति :भाद्र १२ २०८३ शुक्रवार - ११:०२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij