Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चितवनमा भरियो शवगृह, ५ सय शव अट्ने पहिचान केन्द्र तयार पारिँदै

चितवनमा भरियो शवगृह, ५ सय शव अट्ने पहिचान केन्द्र तयार पारिँदै


  • 862
    Shares

    चितवनमा भरियो शवगृह, ५ सय शव अट्ने पहिचान केन्द्र तयार पारिँदै
    images

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकाहरूका शव राख्न चितवनमा ठाउँ अभाव भएको छ।

    चितवनस्थित भरतपुर अस्पतालको शवगृह भरिएपछि बाढीमा मृत्यु भएकाहरूका शव त्रिपाल टाँगेर बाहिरै राख्न थालिएको छ। अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार हालसम्म ६४ वटा शव अस्पतालमा ल्याइएको छ।

    अस्पतालमा रहेका ६ वटा फ्रिजरमा दुई–दुई जनाका दरले बढीमा १२ वटा शव मात्र राख्न सकिने क्षमता छ। यसअघि नै केही बेवारिसे शव रहेकाले ठूलो सङ्ख्यामा शव आएपछि व्यवस्थापनमा समस्या भएको पौडेलले बताएका छन्।

    गर्मीको समयमा शव लामो समयसम्म बाहिर राख्दा बिग्रने तथा दुर्गन्ध फैलिने जोखिम रहेकाले जिल्ला सुरक्षा समितिको बैठकले शवगृहमा नअटेका शवलाई एसीसहितको कोठामा राख्ने तयारी गरेको छ। आफन्त वा परिवारले प्रहरीमार्फत सनाखत गरेपछि पोस्टमार्टम गरी शव जिम्मा लगाइने अस्पतालले जनाएको छ।

    यसैबीच, भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनमा ‘पीडित परिवार सम्पर्क परामर्श केन्द्र’ अर्थात् शव पहिचान केन्द्र स्थापना गर्ने काम भइरहेको छ। चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार उक्त केन्द्रमा करिब ५ सय शव राख्न सकिने व्यवस्था मिलाइँदैछ।

    चितवन क्षेत्रमा मात्रै हालसम्म १०८ वटा शव फेला परेको प्रहरीले जनाएको छ। ती शवलाई सुरुमा भरतपुर अस्पतालको मर्चरीमा ल्याई सफा गर्ने, ट्याग लगाउने र बडी ब्यागमा राख्ने काम भइरहेको छ। त्यसपछि माइनस डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने विशेष कुलिङ हलमा शव स्थानान्तरण गरिनेछ।

    शव पहिचानका लागि आफन्त तथा परिवारका सदस्यले नेपाल प्रहरीको वेबसाइट र सामाजिक सञ्जालमार्फत शवका तस्बिर हेर्न सक्ने व्यवस्था मिलाइने प्रहरीले जनाएको छ। शव पहिचान भएपछि ट्याग नम्बरका आधारमा शव निकालेर कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइनेछ।

     

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १५:०४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij