Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवा बाढी : मृतकको सङ्ख्या १७७ पुग्यो

रसुवा बाढी : मृतकको सङ्ख्या १७७ पुग्यो


  • 1.3K
    Shares

    रसुवा बाढी :  मृतकको सङ्ख्या १७७ पुग्यो
    images

    काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । अहिलेसम्म १७७ जनाको शव भेटिएको प्रहरी प्रवक्ता ९डीआईजी० अबिनारायण काफ्लेले बताएका छन् ।

    अहिलेसम्म चितवनको नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै शव भेटिएको छ । चितवनमा ५२ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म बागमती प्रदेशका जिल्लाहरूमा १०६ जनाको शव भेटिएको छ । 

    गण्डकी प्रदेशमा पर्ने गोरखा र पूर्वी नवलपरासीमा पनि नदी तटमा भेटिएको शव निकाले प्रहरीले पहिचान गर्ने प्रयास गरिरहेको छ ।

    बाढीको केन्द्रबिन्दु रहेको रसुवामा १६ जना मृत फेला परेका छन् । नुवाकोटमा १७ जना धादिङमा २१ जना मृत भेटिएको एसएसपी धमलाले जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १२:३२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij