Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै बेनी हाइड्रोपावर

सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै बेनी हाइड्रोपावर


  • 925
    Shares

    सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दै बेनी हाइड्रोपावर
    images

    काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ। 

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेपश्चात अब सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

    जसमध्ये १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

    कम्पनीले २० हजार ८०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ५२ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड ६३ लाख २० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

    आइपीओमा छिटोमा भदौ २५ गते र ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि लिमिटेड रहेको छ। 

     

    प्रकाशित मिति :भाद्र ९ २०८३ मंगलवार - ११:०६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij