Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

काठमाडौं आइपुगे भारतीय गायक शान

काठमाडौं आइपुगे भारतीय गायक शान


  • 1.8K
    Shares

    काठमाडौं आइपुगे भारतीय गायक शान
    images

    काठमाडौं । नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएर नेपाली स्रोतामाझ लोकप्रिय बनेका चर्चित भारतीय गायक शान्तनु मुखर्जी (शान) साङ्गीतिक कार्यक्रमका लागि काठमाडौं आइपुगेका छन्। 

    ठमेलस्थित क्लब नोभामा शनिबार राति आयोजना हुने साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन्। गायक शान यसअघि आफ्नो साङ्गीतिक करिअर उचाइमा रहेको बेला सन् २०११ मा नेपाल आएका थिए। 

    सन् १९९९ को लोकप्रिय हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’ मा समावेश नेपाली शब्द समेटिएको गीत ‘मुसुमुसु हाँसिदेऊ’ मा उनको स्वर रहेको छ, जसले नेपालमा निकै चर्चा कमाएको थियो। ‘मुसुमुसु हाँसिदेऊ’ भन्ने नेपाली शब्दावली र धुनका कारण यो गीत नेपालमा पनि निकै लोकप्रिय बनेको हो। 

    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १६:२९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij