२०८३ भाद्र ७ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयमा ११ जना सदस्य मनोनीत गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालयमा नयाँ सदस्य थप गर्ने निर्णय गरेको हो ।
रास्वपाको सचिवालयमा मनोनीत हुनेहरूमा कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, दीपक बोहरा र समीक्षा बास्कोटा रहेका छन् ।
त्यस्तै शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादवलाई पनि सचिवालय सदस्यमा मनोनीत गरिएको छ ।
रास्वपाको विधानअनुसार सचिवालय ३३ सदस्यीय रहने व्यवस्था छ । यसअघि सात जना सदस्य महाधिवेशनबाट निर्वाचित भइसकेका छन् । नयाँ मनोनयनसँगै सचिवालय विस्तार गरिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij