Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

रास्वपाले केन्द्रीय सदस्यलाई दुई दिनसम्म प्रशिक्षण दिने

रास्वपाले केन्द्रीय सदस्यलाई दुई दिनसम्म प्रशिक्षण दिने


  • 386
    Shares

    रास्वपाले केन्द्रीय सदस्यलाई दुई दिनसम्म प्रशिक्षण दिने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केन्द्रीय सदस्यलाई दुईदिने प्रशिक्षण दिने भएको छ। प्रशिक्षण सभापति लामिछानेले दिने भएका हुन्।

    पार्क भिलेज रिसोर्ट बूढानीलकण्ठमा शनिबार र आइतबार अभिमुखीकरण कार्यक्रम राखिएको एक पदाधिकारीले जानकारी दिए।

    रास्वपाको असार ७–१२ चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

    शुक्रबार बसेको केन्द्रीय समिति बैठकले थप ९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेर १ सय ८ जना पुगेको छ। विधानअनुसार रास्वपाको केन्द्रीय समिति १ सय ५१ सदस्य हुनेछ।

    ‘भोलि र पर्सि दुईदिन केन्द्रीय सदस्यलाई पार्टी सञ्चालन विधिबारे प्रशिक्षण दिने कार्यक्रम राखिएको छ,’ उनले भने।

     

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १५:४३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij