२०८३ आश्विन २० गते मंगलवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको हो ।
बैठकमा सहभागी हुन नेताहरु पुग्ने क्रम जारी रहेको छ । आगामी स्थानीय तह निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ अनुमोदन गर्ने र ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल भइरहेको छ।
महामन्त्री विपिन आचार्यका अनुसार केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुखहरू र स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्यहरूको मनोनयन सम्बन्धमा पनि बैठकमा एजेन्डा राखिएको छ।
यसबाहेक केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यहरूको नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोट रूपरेखा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना छ।
साथै पार्टीको आधिकारिक मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि पनि बैठकले आवश्यक निर्णय लिनेछ।




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij