Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा.प्रमोद जोशी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा.प्रमोद जोशी


  • 1.4K
    Shares

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा.प्रमोद जोशी
    images

    काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    स्वास्थ्य अनुसन्धान, चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका डा.जोशीसँग परिषद्कै नेतृत्व तहमा काम गरेको अनुभव छ।

    डा।जोशीले सन् २००० मा युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस तथा सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेसबाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गरेका छन् । 

    उनले सन् २०२४ देखि २०२६ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए । 

    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - ११:४९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij