Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

बाक्ला कपडाबाट आएको गन्ध नधोइकन कसरी हटाउने ?

बाक्ला कपडाबाट आएको गन्ध नधोइकन कसरी हटाउने ?


  • 421
    Shares

    • images
    बाक्ला कपडाबाट आएको गन्ध नधोइकन कसरी हटाउने ?

    काठमाडौं । जाडो दिनदिनै बढिरहँदा थन्क्याएर राखेका बाक्ला कपडा निकाल्ने क्रम प्राय सबैको घरमा चलिरहेकै होला । अघिल्लो साल जाडो सकिएपछि धोएर राखेका कपडा अहिले निकालेर प्रयोग गर्न खोज्दा नमिठो गन्ध आइरहेको हुन सक्छ । त्यसलाई हटाउन फेरि धोएर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ ।

    बाक्ला त्यसमाथि पहिले धोएरै थन्क्याएका कपडालाई गन्ध हटाउन फेरि धुनु पर्दा कठिन र झन्झट हुन सक्छ । यदि तपाईं यसरी गन्ध आउने कपडाहरूलाई नधोइकन कसरी लगाउन सकिन्छ भनेर सोच्दै हुनुहुन्छ भने, गन्ध हटाउने केही उपायहरू पनि हुन्छन् ।

    १.बेकिङ सोडा छर्किने

    बाक्ला कपडाहरूमाथि बेकिङ सोडा छर्किनुहोस् र केही बेर त्यत्तिकै छोडिदिनुहोस् । ३० मिनेटदेखि एक घण्टासम्म छोडेपछि, कपडाहरूलाई राम्ररी टक्टक्याउनुहोस् । यदि कपडामा अझै लागेको बेकिङ सोडा गएन भने नरम कपडाले पुछ्न सकिन्छ । बेकिङ सोडाले कपडामा भएको गन्धलाई प्रभावकारी रूपमा सोसेर बाहिर निकाल्छ ।

    २.बाफ लगाउने

    तपाईं जाडोका कपडाहरूबाट गन्ध हटाउन बाफको प्रयोग गर्न सक्नुहुन्छ । कपडामा बाफ लगाउँदा नमिठो गन्ध कम गर्न वा पूर्ण रूपमा हटाउन मद्दत पुग्छ । आइरन लगाउन मिल्ने खालको कपडा छ भने । अलिअलि पानी छर्किएर आइरन लगाएमा पनि गन्ध हटाउन सकिन्छ ।

    ३.घाममा सुकाउने

    जाडोका कपडाहरूलाई घाममा सुकाउनु गन्ध हटाउने एउटा उत्तम उपाय हो । घामको किरणले लामो समयसम्म थन्क्याएर राख्दा आउने ओसिलो वा बन्द कोठाको गन्ध हटाउन मद्दत गर्छ, जसले गर्दा कपडाहरू फेरि ताजा बनाउँछ ।

    ४.भिनेगरको स्प्रे गर्ने

    कपडाको गन्ध हटाउन सेतो भिनेगरको प्रयोग पनि गर्न सकिन्छ । एक भाग सेतो भिनेगरमा दुई भाग पानी मिसाउनुहोस्, यो मिश्रणलाई स्प्रे बोतलमा हाल्नुहोस् र कपडाहरूमा छर्किनुहोस् । त्यसपछि, कपडाहरूलाई घाममा झुन्ड्याउनुहोस् ।

    ५.फ्रिजको प्रयोग

    यदि तपाईंलाई कुनै न्यानो स्वेटर वा सलबाट रातारात गन्ध हटाउनु छ भने फ्रिजको प्रयोग पनि एउटा उपाय हुन सक्छ । यदि भोलिपल्ट बिहान लगाउने योजना छ भने तपाईं कपडालाई प्लास्टिकको झोलामा राख्नुहोस् र फ्रिजरभित्र राखिदिनुहोस् । यसले कपडालाई चिसो बनाएर जम्ने अवस्थामा पुर्‍याउँछ, जसले गर्दा त्यसमा भएको नमिठो गन्ध हट्न मद्दत पुग्छ ।

     

    प्रकाशित मिति :मंसिर २ २०८३ बुधवार - १६:४३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij