Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर रावलले लिए शपथ

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर रावलले लिए शपथ


  • 295
    Shares

    नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर रावलले लिए शपथ
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा।डा।विश्वनाथ पौडेलसमक्ष शपथ ग्रहण गरे लगत्तै उनले आजैबाट आफ्नो पद बहाली समेत गरेका छन्।

    शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् । 

    डेपुटी गभर्नर रावल लामो समयदेखि राष्ट्र बैंकको सेवामा कार्यरत छन् । उनी २०६२ साल माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवामा प्रवेश गरेका थिए । त्यसपछि उनी २०६९ सालमा उपनिर्देशक र २०७५ सालमा निर्देशक हुँदै अघि बढेका थिए।

    मन्त्रिपरिषद्को यही बुधबार बसेको बैठकले रावल डेपुटी गभर्नर पदमा नियुक्त गरेको थियो । 

    images
    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १६:५५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij