Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक

चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक


  • 988
    Shares

    चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक
    images

    काठमाडौं । आगामी असोज २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ। 

    नागपञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल) को जीवन सङ्घर्ष, व्यथा, गाउँलेको हेपाइ र विवाहको कथा समेटिएको छ।

    टिजरमा जितुका अलावा प्रियाना आचार्य, सुशील पोखरेल र वीरेन्द्र सिंह कुशवाहालाई देखाइएको छ। राजेन्द्र बस्नेतको निर्देशन तथा डम्बर राईको कथा रहेको चलचित्रको पटकथा एवं संवाद शङ्कर धिताल र सबिन अधिकारीले तयार पारेका हुन्। 

    बालकुमार राई र निर्भीक बञ्जाराको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता अनन्त राई हुन्। चलचित्रमा जितु, प्रियाना, सुशील, वीरेन्द्र, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बू, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारी लगायतका कलाकारहरूको अभिनय छ।

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १७:१८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij