Logo

२०८३ मंसिर ३ गते बिहिवार

२०८३ मंसिर ३ गते बिहिवार

बालेनले जुनसुकै बेला रवि लामिछानेलाई थुन्न सक्छन्: वर्षमान पुन

बालेनले जुनसुकै बेला रवि लामिछानेलाई थुन्न सक्छन्: वर्षमान पुन


  • 547
    Shares

    • images
    बालेनले जुनसुकै बेला रवि लामिछानेलाई थुन्न सक्छन्: वर्षमान पुन

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक कलहको उत्कर्षमा रहेको जिकिर गरेका छन्। 

    नेकपाको राष्ट्रिय जागर अभियानका क्रममा दैलेखका नेता, कार्यकर्तालाई प्रशिक्षण दिँदै पुनले रास्वपा भित्रको शक्ति संघर्षकै कारण राज्यका निकाय विभाजित र कमजोर बनेको टिप्पणी गरे। राज्यका निकाय कसको प्रभावमा पार्ने भन्ने सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को होडबाजीका कारण राष्ट्रियतासमेत कमजोर बनेको र राज्यका स्थापित संस्थाहरु लथालिंग भएको उनले भनाइ थियो। 

    रास्वपाभित्रको कलह उत्कर्षमा पुग्दै गर्दा कुनै पनि बेला बालेनले सभापति लामिछानेलाई थुन्ने वा रविले बालेनको सत्ता हत्याउने अवस्थाको सिर्जना हुन सक्ने उनको दाबी थियो। ‘सरकार अहिले भारतसँग लम्पसार परेको छ। कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चार्य नमाने हुन्छ,’ पुनले भने, ‘कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चार्य हुनेछैन।’
     
    पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सरकारको गति संविधान खारेज गर्ने, व्यवस्था खारेज गर्ने र प्रतिक्रान्तिको बाटोमा जाने रहेको आरोप लगाए। जसलाई रोक्न र राष्ट्रियता बलियो बनाउन पनि वामपन्थीहरूबीच एकता र संविधान मान्ने लोकतान्त्रिक दलबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। 

    ‘वामपन्थीहरूबीच सहकार्य र ध्रुविकरण गर्ने र संविधान मान्नेहरूका बीचको सहकार्य पनि आवश्यक छ। एमालेसँग सहकार्य गर्नैपर्छ,’ उनले भने, ‘देशको स्वाधिनता र लोकतन्त्र तथा नेपालमा वैदेशिक चलखेल बढाउने शक्तिविरुद्ध एक भएर लड्नै पर्नेछ।’ 

    प्रकाशित मिति :मंसिर २ २०८३ बुधवार - १७:५१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij