Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

मदनकृष्ण श्रेष्ठद्वारा ‘न गाँस्थे म प्रित’ गीत सार्वजनिक

मदनकृष्ण श्रेष्ठद्वारा ‘न गाँस्थे म प्रित’ गीत सार्वजनिक


  • 1.5K
    Shares

    मदनकृष्ण श्रेष्ठद्वारा ‘न गाँस्थे म प्रित’ गीत सार्वजनिक
    images

    काठमाडौं । गायक, सङ्गीतकार एवं गीतकार डा.रणजित कुमार झाको नयाँ गीत ‘न गाँस्थे म प्रित’ सार्वजनिक गरिएको छ।

     राजधानीमा आयोजित विशेष समारोहमा वरिष्ठ अभिनेता, गायक, सङ्गीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठले उक्त गीत सार्वजनिक गरेका हुन्। गीतमा डा। झाकै स्वर, शब्द र सङ्गीत रहेको छ।

    कार्यक्रममा गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो। भिडियोमा सोहल्या झा र सुरेश कोहलीले अभिनय गरेका छन् भने भिडियोको निर्देशन तथा कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। रामशरण उप्रेतीको छायाङ्कन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ।

    ‘न गाँस्थे म प्रित’ डा। रणजित कुमार झाको ‘जीवन पथ २’ एल्बममा समावेश गीत हो। डा. झा वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन पनि हुन्।

    कार्यक्रममा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले गीतको सफलताको शुभकामना दिँदै डा. झालाई साङ्गीतिक निरन्तरताका लागि हौसला प्रदान गरेका छन्।

    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १४:४०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij