Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

रोहितले स्थापना गरेको विरासतलाई अझ उचाईमा पुर्‍याउनु मेरो जिम्मेवारी होः सन्दीप

रोहितले स्थापना गरेको विरासतलाई अझ उचाईमा पुर्‍याउनु मेरो जिम्मेवारी होः सन्दीप


  • 540
    Shares

    रोहितले स्थापना गरेको विरासतलाई अझ उचाईमा पुर्‍याउनु मेरो जिम्मेवारी होः सन्दीप
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई शुक्रवार एक औपचारिक कार्यक्रमका बीच बिदाइ गरेको छ । आगामी प्रतियोगिताहरूको तयारी र एसिसी प्रिमियर कपमा सहभागिता जनाउन मलेसिया जानुअघि टोलीलाई शुभकामनासहित बिदाइ गरिएको हो ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले विगतका खेलहरूमा भएका कमजोरीलाई आत्मसात गर्दै आगामी दिनमा सुधारिएको प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे । उहाँले पछिल्ला केही वैदेशिक भ्रमणहरू अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै विपक्षीको राम्रो खेल र आफ्ना केही प्राविधिक त्रुटिका कारण नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए। 

    उनले भने, ‘विगतमा हामीले जुन स्तरको प्रदर्शन गर्नुपर्ने थियो, त्यसमा कतिपय ठाउँमा हामी चुक्यौँ । हाम्रो आलोचना हुनु स्वाभाविक हो र त्यसको एउटै जवाफ भनेको मैदानमा उत्कृष्ट प्रदर्शन गर्नु नै हो । अब हामी विगतलाई बिर्सेर नयाँ योजनाका साथ अगाडि बढ्नेछौँ ।’

    नेपाली टोली थप तयारीका लागि भारतको बैंगलोर प्रस्थान गर्दैछ । त्यहाँ १० दिनसम्म चल्ने विशेष प्रशिक्षणले मलेसियाको कन्डिसनमा अभ्यस्त हुन मद्दत पुग्ने कप्तान लामिछानेको विश्वास छ । उनले टोलीमा अनुभवी र नयाँ पुस्ताका खेलाडीहरूको राम्रो सम्मिश्रण रहेको र सबै खेलाडीहरू उच्च मनोबलका साथ मैदान उत्रन तयार रहेको जानकारी दिए । 

    नेतृत्व परिवर्तन र टोलीको आन्तरिक लयका बारेमा बोल्दै कप्तान लामिछानेले भने,  ‘नेतृत्वमा परिवर्तन आएपनि हाम्रो साझा लक्ष्य नेपाललाई जिताउनु नै हो । रोहित पौडेलले स्थापना गरेको विरासतलाई अझ उचाइमा पु¥याउनु मेरो जिम्मेवारी हो । टिमभित्रको एकता र विश्वास नै हाम्रो मुख्य शक्ति हो । हाम्रो मुख्य लक्ष्य भनेकै एसिसी प्रिमियर कपको उपाधि जितेर ट्रफी घर ल्याउनु हो । 

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १५:३१:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij