Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

नेप्सेमा गिरावट, ४ अर्बको कारोबार

नेप्सेमा गिरावट, ४ अर्बको कारोबार


  • 351
    Shares

    नेप्सेमा गिरावट,  ४ अर्बको कारोबार
    images

    काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शुक्रवारशेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३७ अंकले घटेर २,६४३ को विन्दुमा कायम भएको छ । 

    आज १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४४ कम्पनीको ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ । 

    यसदिन जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फन्ड र अन्य समुहको उपसुचक बढेका छन भने बाँकी ९ वटै उपसुचक घटेका छन् । व्यापार समूहको उपसुचक सर्वाधिक २.५७ प्रतिशतले घटेको छ। यता सुपर खुदी हाइड्रोपावरको सेयर मुल्य सर्वाधिक १२.८३ प्रतिशतले घटेको छ।

    दुई कम्पनिको सेयर मूल्यमाा सकारात्मक सर्किट लागेको छ। माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर मूल्य १५ प्रतिशत र सर्बोत्तम पेन्ट्स इन्डष्ट्रिजको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ।

    आज सबैभन्दा धेरै एग्रिकल्चर बोन्डको कारोबार रकम भएको छ । आज यसको ७० करोड ८७ लाखको शेयर कारोबार भएको छ । खानीखोला हाइड्रोपावरको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लिबर्टी इनर्जीको १६ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    images
    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १५:२१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij