२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधवार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.५५ अंकले बढेर २,६४२ को विन्दुमा कायम भएको छ ।
आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४८ कम्पनीको ८७ लाख १ हजार ९४४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ ।
लगानी समूह आज सबैभन्दा धेरै २.२१ प्रतिशत बढेको छ । बैंकिङ ०.०५, फाइनान्स ०.२४ र होटल तथा पर्यटन ०.८५ प्रतिशत बढेको छ ।
विकास बैंक ०.२२, जलविद्युत् ०.४०, जीवन बीमा ०.१५, उत्पादन तथा प्रशोधन ०.७०, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.०५, अन्य ०.१० तथा व्यापार ०.२१ प्रतिशत घटेको छ ।
समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै १ अर्ब ५५ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३६ करोड, उत्पादन तथा प्रशोधन २८ करोड, लगानी ४२ करोठ रुपैयाँ बराबरको कारोबार भयो ।
आजबाटै कारोबारमा आएको माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढेको छ । सो वृद्धिपछि प्रतिकित्ता मूल्य ३४५ रुपैयाँ कायम भएको छ । त्यस्तै इमर्जिङ नेपालको ५.४८, एचआईडीसीएलको ४.९५, एनआरएन इन्फ्रास्ट्रक्चरको ३.८५ प्रतिशत मूल्य बढेको छ । अपर लोहोरेखोलाको मूल्य १५ प्रतिशत घट्यो । महिला लघुवित्तको ५.१८, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.७४ प्रतिशत घटेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ६० लाख रुपैयााको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको २२ करोड ४८ लाख रुपैयााको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको २२ करोड ६ लाख रुपैयााको शेयर कारोबार भएको छ । खानीखोला हाइड्रोको १० करोड ९९लाख रुपैयााको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij