२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.७९ अंकले बढेर २,६४१ को विन्दुमा कायम भएको छ ।
आज १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४० कम्पनीको ९५ लाख ३४ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड माथिको शेयर कारोबार भएको छ ।
बैंकिङ ०.३२, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.०५, लगानी ०.०७, जीवन बीमा ०.०९ तथा अन्य ०.०३ प्रतिशत बढेको छ । विकास बैंक ०.१०, फाइनान्स ०.०७, उत्पादन तथा प्रशोधन ०.०८, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.४० तथा व्यापार ०.७७ प्रतिशत घटेको छ ।
समूहगत कारोबार हेर्दा हाइड्रोपावर समूहको सबैभन्दा धेरै २ अर्ब ३८ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३४ करोड, उत्पादन तथा प्रशोधन ३५ करोड, माइक्रोफाइनान्सको २९ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
अपर लोहोरेखोलाको मूल्य आज १५ प्रतिशत बढ्यो त्यस्तै हिमस्टार ऊर्जाको ३.७४, अपरहेवाखोलाको ३.६० प्रतिशत बढेको छ ।
महिला लघुवित्तको १४.९१ प्रतिशत मूल्य घटेको छ । सप्तकोशी विकास बैंकको ३.९५, फस्र्ट माइक्रोफाइनान्सको ३.५५ प्रतिशत मूल्य घटेको छ। आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, रिडी पावर, ङादी ग्रुप, खानीखोला हाइड्रोपावर र फर्स्ट माइक्रोफाइनान्स क्रमशः अगाडि रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij