Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

नेप्सेमा वृद्धि, कारोबार रकम ४ अर्ब ४० करोड

नेप्सेमा वृद्धि, कारोबार रकम ४ अर्ब ४० करोड


  • 771
    Shares

    नेप्सेमा वृद्धि, कारोबार रकम ४ अर्ब ४० करोड
    images

    काठमाडौं ।  साताको तेस्रो कारोबारको दिन बुधबार शेयर बजार सामान्य वृिद्ध भएर बन्द भएको छ । आज नेप्से परिसूचक ४.७९ अंकले बढेर २,६६७ को विन्दुमा कायम भएको छ । 

    आज १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५० कम्पनीको १ करोड ६७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड माथिको शेयर कारोबार भएको छ । 

    होटल तथा पर्यटन ०.२२, उत्पादन तथा प्रशोधन ०.०२ तथा अन्य समूह ०.२६ प्रतिशत बढेको छ । बैंकिङ ०.४२, विकास बैंक ०.५०, फाइनान्स ०.३४, लगानी ०.०६, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.३२, निर्जीवन बीमा ०.१० प्रतिशत घटेको छ ।

    सोलु हाइड्रोपावरको मूल्य आज १५ प्रतिशत बढेको छ । त्यस्तै शिखर पावरको ५.९१, रिडी पावरको ५.७९, बुद्धभूमि नेपालको ४.६८, सिनर्जी पावरको ४.१८ प्रतिशत मूल्य बढेको छ।

    सूचीकृत भएदेखि अघिल्लो दिनसम्म लगातार १५ प्रतिशत मूल्य बढिरहेको एभरेस्ट कलरको मूल्य आज सबैभन्दा धेरै ९.०३ प्रतिशत घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ३.३२, सामुदायिक लघुवित्तको ३.२३, रिलायन्स स्पिनिङ मिल्सको ३.१४ प्रतिशत मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै सोलु हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३४ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । खानीखोला हाइड्रोको २७ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १५:२४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij