Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

कक्षा १२ सम्म सामाजिक अध्ययनको नयाँ पाठ्यक्रम लागू हुने

कक्षा १२ सम्म सामाजिक अध्ययनको नयाँ पाठ्यक्रम लागू हुने


  • 1.4K
    Shares

    कक्षा १२ सम्म सामाजिक अध्ययनको नयाँ पाठ्यक्रम लागू हुने
    images

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०८४ देखि विद्यालय तहका विभिन्न कक्षामा नयाँ स्वीकृत पाठ्यपुस्तक तथा परिमार्जित पाठ्यक्रम अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ।   

    केन्द्रले सोमबार जारी गरेको सूचना अनुसार कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको स्वीकृत पाठ्यक्रमका आधारमा तयार पारिएका कक्षा ५, ८, १० र १२ कक्षाका नयाँ पाठ्यपुस्तकहरू शैक्षिक सत्र २०८४ देखि पठनपाठनमा ल्याइने भएको छ। 

    उक्त पाठ्यपुस्तकहरू पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८२ असार १९ को सिफारिस र तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८२ साउन ९ गतेको निर्णयानुसार स्वीकृत भएका हुन्।  

    यसैगरी प्रारम्भिक बालविकास तथा शिक्षा र आधारभूत तह (कक्षा १–३) मा समेत परिमार्जित पाठ्यक्रम २०८२ लागू गरिने भएको छ।   

    पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०८२ मङ्सिर १७ गतेको सिफारिस र शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३ वैशाख ११ को निर्णयानुसार आधारभूत तह (१–३) र प्रारम्भिक बालविकासको परिमार्जित पाठ्यक्रम २०८२ लाई शैक्षिक सत्र २०८४ देखि नै कार्यान्वयनमा ल्याउन लागिएको हो।   

     

     

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १५:११:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij