Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल फर्कदैँ शेरबहादुर देउवा

नेपाल फर्कदैँ शेरबहादुर देउवा


  • 932
    Shares

    नेपाल फर्कदैँ शेरबहादुर देउवा
    images

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फकर्ने तयारीमा रहेको बताइएको छ । उनी साउन २५ सम्ममा काठमाडौं आइपुग्ने उनी निकट स्रोतले जानकारी दिएको छ । देउवाले यसअघि साउन २८ भित्र नेपाल फर्कने बताएका थिए ।

    उनी गत फागुन १३ गते राती सिंगापुर प्रस्थान गरेका थिए । स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर गएका थिए । सम्पति शुद्धीकरण विभागले उपस्थित हुन पत्र काटेका बेला त्यसको जवाफ फर्काउदै उनले साउन २८ मा नेपाल आउने जानकारी दिएका थिए ।
     
    त्यसको तीन दिन अघि उनी नेपाल आइपुग्ने भएका हुन् । साउन २९ देखि ३१ गतेसम्म कांग्रेस संस्थापन इतर पक्षले काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी भेलाबारे जानकारी दिइएको छ । उनी सिंगापुर जाँदा पनि कांग्रेस विवाद उत्कर्षमै थियो । अहिले विभाजन उन्मुख छ ।

    प्रकाशित मिति :श्रावण १७ २०८३ आइतवार - १४:०८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij