२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कर्फ्यू आदेश आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशमा सुरक्षा अवस्थाको विश्लेषणपछि आइतबार बिहान १०:०० बजेदेखि राति ७:०० बजेसम्म कर्फ्यू खुकुलो पारिएको उल्लेख छ ।
प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कर्फ्यू थप खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने सम्बन्धमा पुनः सूचना जारी गर्ने जनाएको छ ।
कर्फ्यू खुकुलो गरिएको अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई आवश्यक सहजीकरण गरिने पनि सूचनामा उल्लेख छ।
यस्तै, कर्फ्यू खुकुलो रहेको समयमा पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला हुन नपाइने भन्दै प्रशासनले सबैलाई उक्त व्यवस्था पालना गर्न आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij