२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
ज्वालाका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, तराई-मधेसमा भएका घटना, प्रदेश सरकार गठन, सरकारको गतिविधि, पार्टीका आन्तरिक तयारी लगायत रहेका छन् ।
साउन ९ गते नेकपा एमाले र नेकपाबिच प्रदेश सरकार बनाउने विषयमा तीन बुँदे सहमति भएको थियो । बैठकले प्रदेश सरकार गठन तथा सञ्चालनको सम्बन्धमा संयन्त्र गठन हुन सक्ने ज्वालाले बताएका छन् । तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद नभएको उनले जिकिर गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij