Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संविधान दिवस भव्य बनाउन एमालेको निर्देशन

संविधान दिवस भव्य बनाउन एमालेको निर्देशन


  • 309
    Shares

    संविधान दिवस भव्य बनाउन एमालेको निर्देशन
    images

    काठमाडौं ।  नेकपा एमालेले असोज ३ गते १२औँ संविधान दिवस भव्यताका साथ मनाउन मातहतका सबै पार्टी कमिटीलाई निर्देशन दिएको छ । 

    महासचिव शङ्कर पोखरेलले बिहीबार मातहतका पार्टी कमिटीलाई पत्र लेख्दै विगतका वर्षमा जस्तै यस वर्ष पनि रचनात्मक कार्यक्रम गरेर उत्साहजनक र भव्य रूपमा मनाउन निर्देशन दिएका हुन् ।

    ‘आ–आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीप प्रज्वलन, बिचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रम गरी संविधान दिवसलाई सफल बनाउन अनुरोध छ’, पोखरेलको पत्रमा भनिएको छ ।

    808450215_1660714755386114_7298939563939196892_n_3K7T59U0xt.webp

     

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १४:२६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij