Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

देउवालाई महाधिवेशन उद्घाटन गर्न आउन गगनको आग्रह

देउवालाई महाधिवेशन उद्घाटन गर्न आउन गगनको आग्रह


  • 435
    Shares

    देउवालाई महाधिवेशन उद्घाटन गर्न आउन गगनको आग्रह
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको बृहत्तर एकताका लागि आफू निरन्तर पहलमा रहेको बताएका छन्।

    बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।

    ‘कतिपय साथीहरूले निवर्तमान सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुपर्छ भन्नुभएको छ, मेरो पनि अनुरोध छ– महाधिवेशन उद्घाटनमा आउनुहोस्,’ सभापति थापाले भने । आजको बैठकमा देउवानिकट नेताहरूको उपस्थिति छ । 

    उनले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूलाई महाधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन सार्वजनिक आग्रह गरे। देउवालाई सम्बोधन गर्दै थापाले महाधिवेशन उद्घाटनमा सहभागी हुनसमेत अनुरोध गरे।

    ‘हामी सँगै बसेर अधिवेशन गर्न नपर्ने कुनै कारण छैन,’ भन्दै थापाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताए।

    सभापति थापाले कांग्रेसको विधान, संविधान र विधिअनुसार तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुने पनि स्पष्ट पारे। कांग्रेसको कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन तथा असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी छ।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १५:३३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij