Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

देउवा पक्षीय नेता कांग्रेस बैठकमा, को–को भए सहभागी ?

देउवा पक्षीय नेता कांग्रेस बैठकमा, को–को भए सहभागी ?


  • 372
    Shares

    देउवा पक्षीय नेता कांग्रेस बैठकमा, को–को भए सहभागी ?
    images

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका केही नेता केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।

    विशेष महाधिवेशनमा सहभागी नभएका तथा १४औँ महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित भएका नेताहरू बिहीबारको बैठकमा सहभागी भएका हुन्। महालक्ष्मी उपाध्याय ‘डिना’, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, ईश्वरी न्यौपाने, नैनसिंह महरसहितका नेता बैठकमा पुगेका छन्।

    पार्टीको वर्तमान केन्द्रीय कार्यसमितिमा तत्कालीन देउवा नेतृत्वको कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई समायोजन गरिएपछि उनीहरू बैठकमा सहभागी भएका हुन्। कांग्रेसले आगामी १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुन उनीहरूलाई आह्वानसमेत गरेको छ।

    सभापति गगन थापाको अध्यक्षतामा सानेपामा जारी बैठकमा पार्टीको आगामी महाधिवेशनलगायत समसामयिक विषयमा छलफल भइरहेको छ।

    देउवा पक्षले भने छुट्टै कार्यतालिकाअनुसार महाधिवेशन अघि बढाउने तयारी गरिरहेको छ।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १५:१९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij