Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

सरकारद्वारा २३ सहसचिवको सरुवा (सूचीसहित)

सरकारद्वारा २३ सहसचिवको सरुवा (सूचीसहित)


  • 477
    Shares

    • images
    सरकारद्वारा २३ सहसचिवको सरुवा  (सूचीसहित)
    images

    काठमाडौं । सरकारले प्रशासनिक नेतृत्वमा व्यापक हेरफेर गर्दै २३ जना सहसचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) का कर्मचारीहरूको सरुवा तथा नयाँ जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

    सरकारको निर्णयअनुसार विभिन्न मन्त्रालय, संवैधानिक आयोग, कूटनीतिक नियोग तथा प्रदेश सरकारका कार्यालयमा कार्यरत सहसचिवहरूलाई नयाँ कार्यक्षेत्रमा खटाइएको छ। यससँगै संघीय प्रशासनको नेतृत्व तहमा उल्लेख्य फेरबदल भएको छ।

    सरुवा सूचीमा विशेषगरी गृह मन्त्रालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय लगायतका निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको छ। त्यस्तै, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा समेत नयाँ प्रदेश सचिव खटाइएको छ।

    सरकारले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी, चुस्त र परिणाममुखी बनाउने उद्देश्यले नियमित सरुवा प्रक्रियाअन्तर्गत यो निर्णय गरिएको जनाएको छ। नयाँ जिम्मेवारी पाएका सहसचिवहरूले अब सम्बन्धित मन्त्रालय तथा कार्यालयमा जिम्मेवारी सम्हाल्नेछन्।

     

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १६:४५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij