Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुनसरी घटनामा थप एक जनाको मृत्यु, मृतक संख्या दुई पुग्यो

सुनसरी घटनामा थप एक जनाको मृत्यु, मृतक संख्या दुई पुग्यो


  • 974
    Shares

    सुनसरी घटनामा थप एक जनाको मृत्यु, मृतक संख्या दुई पुग्यो
    images

    काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।

    विराटनगरको न्यूरो अस्पतालमा उपचाररत  देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको हो ।

    प्रहरीको गोली लागेर घाइते भएका उनको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । यो सँगै सुनसरीको कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

    सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् ।

    आइतबार राति दुई समूह बीचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

     

    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १६:३४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij