२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएका छन्।
गोलबजार–३ का वडाध्यक्ष धनप्रसाद लामाका अनुसार, मृतक गणेश यादव रहेको बताएका छन्। गोली लागेर अर्का एक जना घाइते भएको लामाले जानकारी दिएका छन्।
घाइतेको स्थानीय गोलबजारस्थित क्लिनिकमा उपचार भइरहेको छ। त्यसअघि गोलबजारमा दुई समूहबीच झडप भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij