Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ?

सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ?


  • 1.3K
    Shares

    • images
    सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ?
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सुरक्षा निकायको भुमिकालाई लिएर प्रश्न उठाएका छन् । 

    बिहीवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै दाहालले सो घटनामा सुरक्षाकर्मीले गोली नै चलाउनुपर्ने स्थिति थियो वा थिएन भन्नेबारे विस्तृत अध्ययन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा भएको झडपमा ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दाहालले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

    सो विवादले साम्प्रदायिक विद्वेषको रूप लिन सक्ने भन्दै उनले यसतर्फ उच्च शतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री दाहालले देशको वर्तमान राजनीतिक परिस्थितप्रति पनि चिन्ता व्यक्त गरेका छन् । निर्वाचनका समयमा जनता सामु गरिएका प्रतिवद्धता र प्रकट भएको जनअभिमतअनुसार सरकारका क्रियाकलापहरू अघि बढ्न नसकेको उनको टिप्पणी थियो । 

    संयोजक दाहालले भने, ‘त्यहाँ त्यो स्तरको गोली चलाउनैपर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य विकल्पहरूमा के कति पहल गरियो, यी सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्दछु ।’

    सदनमा हुने तर्क–वितर्क र फरक मत स्वाभाविक भए तापनि सरकारले जनताको बढ्दो असन्तुष्टि र जटिल बन्दै गएको राजनीतिक अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्ने दाहालको भनाइ छ । 

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १४:११:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij