Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुनसरीमा संयुक्त बैठक आह्वान

सुनसरीमा संयुक्त बैठक आह्वान


  • 561
    Shares

    सुनसरीमा संयुक्त बैठक आह्वान
    images

    काठमाडौं । सुनसरीका प्रमुख जिल्ला अधिकारीको समन्वयमा बिहीबार दिउँसो संयुक्त बैठक बोलाइएको छ ।

    सुनसरीका प्रतिनिधिसभा सदस्य लालविक्रम थापाका अनुसार जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्‌भाव कायम गर्दै पीडित पक्षको न्याय सुनिश्चित गर्ने विषयमा छलफल, समन्वय तथा साझा निष्कर्षमा पुग्ने उद्देश्यले दिउँसो २ः ०० बजे बस्नेगरी बैठक बोलाइएको हो । 

    जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकमा सुनसरी जिल्लाका सङ्घ तथा प्रदेश सदस्य, प्रमुख राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । साथै,उक्त बैठकमा सुनसरीको देवानगञ्ज, हरिनगरा, कोशी, भोकराहा नरसिंह इनरुवा लगायत पालिका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा , देवानगञ्ज गाउँपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू पनि सहभागी हुने भएका छन् । 

     

    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - ११:५९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij