Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जुत्ताको सोलमा ब्राउन सुगर लुकाएर पठाउन खोज्ने युवक पक्राउ

जुत्ताको सोलमा ब्राउन सुगर लुकाएर पठाउन खोज्ने युवक पक्राउ


  • 771
    Shares

    जुत्ताको सोलमा ब्राउन सुगर लुकाएर पठाउन खोज्ने युवक पक्राउ
    images

    काठमाडौं । विराटनगर विमानस्थलबाट लागू औषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

    मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित महेन्द्रचोकमा रहेको एक्स्पो एक्सप्रेस कुरियरमार्फत काठमाडौं पठाउन लागिएको स्पोर्ट्स जुत्ताको कार्गो सामानभित्र ब्राउन सुगर भेटिएको हो। 

    उक्त कार्गो विराटनगर बस्ने राघव झा नाम गरेका व्यक्तिको नामबाट पठाउन लागिएको थियो। विमानस्थलको प्रस्थान केन्द्रमा रहेको एक्स-रे मेसिनमा प्रहरीले चेकजाँच गर्ने क्रममा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारिएको अवस्थामा १८.४८ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला पारेको हो।

    उक्त सामान कुरियर गर्न आउने मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ५ बस्ने २४ वर्षका सुशान्त खड्कालाई प्रहरीले पक्राउ गरेको छ। खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ।

    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - ११:४८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij