Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

छोराले गरे ७४ वर्षीय बुबाको विभत्स हत्या

छोराले गरे ७४ वर्षीय बुबाको विभत्स हत्या


  • 2.3K
    Shares

    • images
    छोराले गरे ७४ वर्षीय बुबाको विभत्स हत्या
    images

    काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर- ८ फुक्रु हुसिखोलाका ७४ वर्षीय ठकेन्द्र घर्तिलाई आफ्नै छोरा २६ वर्षीय प्रेम बहादुर घर्ति पारसले हिजो दिउँसो साढे ३ बजेतिरको समयमा धारिलो हतियार हँसिया प्रहार गरी हत्या गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार प्रेमले बुवाको टाउकोको पछाडिको भागमा हानेको र घटनास्थलमै मृत्यु भएको थियो ।

    अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको समेत टाउकोमा चोट लागेको प्रहरी निरीक्षक परियारले बताए ।

    घटनाको जानकारी पश्चात सिम्ली प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाको थप अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक परियारले बताए।

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - ११:४५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij