Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

मादक पदार्थ सेवन गरेका एक शिक्षकले कुटपिट गर्दा श्रीमतीको मृत्यु

मादक पदार्थ सेवन गरेका एक शिक्षकले कुटपिट गर्दा श्रीमतीको मृत्यु


  • 1.0K
    Shares

    • images
    मादक पदार्थ सेवन गरेका एक शिक्षकले कुटपिट गर्दा श्रीमतीको मृत्यु
    images

    काठमाडौं । डोटीमा मादक पदार्थ सेवन गरेका एक शिक्षकले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ।

    जिल्लाको जोरायल गाउँपालिका-४ देउथला निवासी ५१ वर्षीय चन्द्रबहादुर ओलीले बुधबार दिउँसो मादक पदार्थ सेवन गरी ४७ वर्षीया श्रीमती अमृता ओलीमाथि कुटपिट गरेको प्रहरीले जनाएको हो।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक सुवर्ण चन्दका अनुसार दिउँसो करिब १ः४० बजे भएको कुटपिटबाट अमृता ओलीको पेटको बायाँ भागमा गम्भीर चोट लागेको थियो। घाइते भएपछि उनलाई प्रारम्भिक उपचारका लागि स्वास्थ्य चौकी चन्कट्टे लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो।

    अस्पताल पुर्याइएपछि चिकित्सकले परीक्षणका क्रममा अमृता ओलीलाई मृत घोषणा गरेका थिए।

    घटनाको जानकारी वडा अध्यक्ष नन्दराज भट्टले प्रहरीलाई गराएपछि इलाका प्रहरी कार्यालय जोरायलबाट प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।  

    श्रीमतीको मृत्यु भएपछि प्रहरीले आरोपित चन्द्रबहादुर ओलीलाई नियन्त्रणमा लिएको छ। उनी स्थानीय जगदम्बा आधारभूत विद्यालयका शिक्षक रहेको प्रहरीले जनाएको छ।

    घटनाको कारण, कुटपिटको प्रकृति तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

     

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १०:३१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij