Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा केन्द्रीय समिति बैठक, यस्ता छन् एजेन्डा ?

रास्वपा केन्द्रीय समिति बैठक, यस्ता छन् एजेन्डा ?


  • 1.2K
    Shares

    रास्वपा केन्द्रीय समिति बैठक, यस्ता छन् एजेन्डा ?
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो गरी बैठक सुरु भएको हो। बैठकमा पाँच वटा कार्यसूचीमाथि छलफल हुने जनाइएको छ।

    रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, संगठन व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन र विविध विषयमा छलफल हुनेछ।

    चितवनमा असारको दोस्रो हप्ता सम्पन्न प्रथम महाधिवेशनपछि रास्वपाको यो दोस्रो केन्द्रीय समिति बैठक हो। महामन्त्री आचार्यका अनुसार आजको बैठकबाट केन्द्रीय समितिले पूर्णता पाउने छैन। संशोधित विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ।

    हाल ७ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् भने बाँकी ५१ जना सदस्य मनोनयन गर्ने अधिकार पार्टी सभापतिलाई दिइएको छ। बालेन समूहबाट केन्द्रीय सदस्यको नामावली आउन ढिलाइ भएकाले केन्द्रीय समितिले पूर्णता पाउन अझै १५ देखि २० दिन लाग्न सक्ने नेताहरूले बताएका छन्।

    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १३:३९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij