Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कांग्रेस एकताका लागि शेखर कोइरालाको आह्वान

कांग्रेस एकताका लागि शेखर कोइरालाको आह्वान


  • 295
    Shares

    कांग्रेस एकताका लागि शेखर कोइरालाको आह्वान
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजन र गुटबन्दी अन्त्य गर्दै एकताबद्ध हुन आह्वान गरेका छन्।

    बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले कांग्रेस आफ्नो विरासत र आदर्शबाट विचलित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन्। उनले बीपी कोइरालाको राजनीतिक तथा नैतिक दर्शनलाई आत्मसात् गर्दै पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएका छन्।

    रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा प्राकृतिक विपद्बाट नागरिक पीडित भइरहेका बेला कांग्रेस आन्तरिक विवादमा अल्झिन नहुने उनको भनाइ छ।

    आसन्न महाधिवेशनलाई लिएर बढेको विभाजन रोक्न मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्न आग्रह गर्दै उनले भनेका छन्, ‘यो विभाजनलाई रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं।’

    कोइरालाले आफू निरन्तर संवाद र एकताको प्रयासमा रहने बताउँदै देशभरका कांग्रेस कार्यकर्तालाई पार्टी एकताको अभियानमा जुट्न आह्वान गरेका छन्।

    se2.webp

    se2.webp

    se1.webp

     

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १४:१६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij