Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

"सुनसरी घटनाको असर सिरहामा, हिन्दुवादी प्रदर्शनपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध"

"सुनसरी घटनाको असर सिरहामा, हिन्दुवादी प्रदर्शनपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध"


  • 1.0K
    Shares

    "सुनसरी घटनाको असर सिरहामा, हिन्दुवादी प्रदर्शनपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध"
    images

    काठमाडौं । सिरहाको कसाहा स्थित पूर्व पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन् । हिन्दु सम्राट्को नेतृत्वमा उपस्थित भएका हिन्दुवादीहरूले राजमार्ग अवरुद्ध गरेका हुन् । 

    सिरहाको धनगढी नगरपालिका वडा नम्बर–८ स्थिह कसहामा अवरुद्ध राजमार्ग खुलाउन समन्वय भइरहेको सिरहाका एसपी बासु पाठकले बताएका छन् ।

    साउन १० मा राति सुनसरीको दोवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप हुँदा एक जनाले ज्यान गुमाएका थिए । सुरक्षाकर्मीको गोली लागेर देवानगञ्ज–४ घर भएका ३० वर्षीय ओम प्रकाश मेहताले ज्यान गुमाएको विरोधमा हिन्दुवादीले सिरहामा पनि प्रदर्शन गरेका हुन् ।

    सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुनसरी घटनाको असर अन्यत्र फैलिन नदिन पूर्व सतर्कता अपनाउने निर्णय गरेको थियो । 

    प्रकाशित मिति :श्रावण १२ २०८३ मंगलवार - ११:५६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij