Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मोरक्को जान नेपालीलाई सहज, अब भिसा प्रक्रिया नेपालबाटै हुने

मोरक्को जान नेपालीलाई सहज, अब भिसा प्रक्रिया नेपालबाटै हुने


  • 1.5K
    Shares

    मोरक्को जान नेपालीलाई सहज, अब भिसा प्रक्रिया नेपालबाटै हुने
    images

    काठमाडौं ।  नेपाल र मोरक्को अधिराज्यबीचको आवागमन सहज बनाउने उद्देश्यले मोरक्कोको भिसा आवेदन प्रक्रियामा सुधार गरिएको छ। नयाँ व्यवस्थासँगै नेपाली नागरिकले अब मोरक्कोको भिसाका लागि भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यता हटेको छ।

    सोमबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार काठमाडौंस्थित मोरक्कोको अनररी कन्सुलर कार्यालयबाट सिफारिस पत्र लिएपछि आवेदकले भिसा आउटसोर्सिङ कम्पनी भीएफएस ग्लोबल मार्फत नेपालबाटै आवेदन दिन सक्नेछन्।

    यसअघि मोरक्कोको भिसाका लागि नेपाली नागरिकले काठमाडौंस्थित कन्सुलर कार्यालयबाट सिफारिस पत्र लिएर नयाँ दिल्लीस्थित मोरक्को दूतावास पुग्नुपर्ने अवस्था थियो। यस प्रक्रियाका कारण यात्रुहरूले समय र अतिरिक्त खर्च व्यहोर्नुपर्ने बाध्यता थियो।

    नयाँ व्यवस्थाले भिसा आवेदन, कागजात बुझाउने र अन्य प्रक्रिया नेपालमै पूरा गर्न सकिने भएको छ। मोरक्को भिसा प्रक्रियालाई थप व्यवस्थित र सहज बनाउन भीएफएस ग्लोबलसँग सहकार्य गरिएको कन्सुलर कार्यालयले जनाएको छ।

    मोरक्कोका लागि नेपालका अवैतनिक महावाणिज्यदूत मेघा चौधरीले नेपाली नागरिकको सहजताका लागि भीएफएस ग्लोबलसँग सहकार्य गरी नयाँ व्यवस्था लागू गरिएको बताएकी छन्।

    यो कदमले नेपाल–मोरक्कोबीच पर्यटन, व्यापार तथा जनस्तरको सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :श्रावण ११ २०८३ सोमवार - १८:०१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij