२०८३ आश्विन १ गते बिहिवार
काठमाडौँ । युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको छ । ड्रोन प्रविधि प्रदर्शन भइरहेको किभस्थित एक प्रदर्शनीस्थलमा मात्रै रुसले प्रहार गरेको ब्यालिस्टिक मिसाइल आक्रमणबाट १० जनाको मृत्यु भएको हो।
यस्तै, पूर्वी युक्रेनको स्लोभियान्स्क शहरमा रुसी ग्लाइड बम आक्रमणमा थप पाँच जनाको मृत्यु भएको छ। उत्तरी सुमी शहरमा पनि शनिबार बिहान दुई जनाको मृत्यु भएको युक्रेनी सैन्य अधिकारीहरूले पुष्टि गरेका छन्।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका नुसार रक्षा क्षेत्रका प्रमुख व्यक्तिहरूको सहभागिता रहेको सो प्रदर्शनीमा भएको आक्रमणमा करिब एकसय जना घाइते भएका छन्।
शुक्रबार साँझ जेलेन्स्कीले रुसले अर्को ठूलो मिसाइल आक्रमणको तयारी गरिरहेको र त्यो ४८ घण्टाभित्र हुन सक्ने गुप्तचर सूचना पाएको बताएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij