२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । उत्तरी भेगस्थित गौरीशंकर गाउँपालिका साउनको पहिलो सातामै बाढी–पहिरोको ठूलो विपत्तिमा परेको छ ।
लगातारको वर्षापछि वडा नम्बर–८ र ९ मा गएको बाढी तथा पहिरोले एक जनालाई बेपत्ता बनाउनुका साथै सात वटा घर बगाएको छ । हालसम्म २४ परिवार उच्च जोखिममा परेका छन् भने स्थानीय त्रासकाबीच सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन् ।
पहिरोको उच्च जोखिममा रहेका वडा नम्बर–८ को खारे–लोगटा र वडा नम्बर–९ को टासिनाम क्षेत्रमा दैनिकजसो पहिरो खस्न थालेपछि जनजीवन प्रभावित बनेको छ ।
सोमबार र मंगलबार मात्रै टासिनाम क्षेत्रमा दुई स्थानमा गएको पहिरोले चार वटा घरमा पूर्ण क्षति पुर्याएको छ भने एक जना बेपत्ता भएका छन् । यता लोगटा क्षेत्रमा खोलाले बस्ती कटान गर्दा तीन वटा घर बगाएको र थप पाँच वटा घर उच्च जोखिममा परेको गाउँपालिकाले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij