Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘बाँदर हेरालु’का लागि जागिरको अवसर

‘बाँदर हेरालु’का लागि जागिरको अवसर


  • 1.1K
    Shares

    ‘बाँदर हेरालु’का लागि जागिरको अवसर
    images

    काठमाडौं । बाँदरको उपद्रोका कारण कृषि बाली जोगाउन हम्मे–हम्मे परिरहेका बेला डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । 

    जिल्लाका बाँदरबाट अतिप्रभावित २६ वटा क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापन गर्नका लागि कार्यालयले दरखास्त आह्वान गरेको हो । तत्कालका लागि २० जनाको लागि दरखास्त आह्वान भए पनि कामको चाप अनुसार यो संख्यामा थपघट हुन सक्ने कार्यालयले जनाएको छ । 

    बाँदर हेरालुमा नियुक्त हुनका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्नेछ । उमेरको हकमा ४५ वर्ष ननाघेको हुनुपर्ने र वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने प्रावधान राखिएको छ ।

    सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु वा नर्सरी हेरालुका रूपमा काम गरेका अनुभवी व्यक्तिलाई छनोटमा प्राथमिकता दिइनेछ । छनोट भएका हेरालुहरूले मासिक १२ हजार ५ सय रुपैयाँ पारिश्रमिक पाउनेछन् । नियुक्त भएका हेरालुहरूले बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने र बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखी वडा तथा वन कार्यालयमा जानकारी गराउनुपर्नेछ । 

    मुख्य कुरा, बाँदरलाई कुनै क्षति नपुर्‍याई वातावरणीय मैत्री तरिकाले खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ धपाउनु उनीहरूको मुख्य जिम्मेवारी हुनेछ ।

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १३:०८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij