Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक

मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक


  • 1.0K
    Shares

    मदन पुरस्कारका लागि १० कृतिको सूची सार्वजनिक
    images

    काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० किताबको सूची सार्वजनिक गरेको छ । 

    गुठीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २९८ पुस्तकमध्ये १० किताब छनोट गरेको जनाएको छ । १० कृतिमध्ये एक कृतिलाई यसवर्षको मदन पुरस्कार-२०८२ प्रदान गरिनेछ ।

    छनोट भएका कृतिहरूमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास छन् ।

    त्यस्तै वीणा जोशीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा। नवराज केसीको स्वस्पर्श तथा नदीशको हिउँद पनि १० कृतिभित्र परेका छन् । 

    मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्ति जारी गरेको त्यो जानकारी दिएका हुन् ।  

     

    प्रकाशित मिति :श्रावण ४ २०८३ सोमवार - १२:०१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij