२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । च्याउ खोज्न जंगल हिँडेका कञ्चनपुरका १४ महिला सम्पर्कविहिन भएका छन्। भीमदत्त नगरपालिका-१९ को बागफाँटाका महिलाहरू आइतबारदेखि सम्पर्कविहीन भएका हुन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र छिरेको स्थानीय बताउँछन्।
बागफाँटाका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएका हुन्।
जिल्ला प्रहरी कार्यालयका एसपी नेत्रमणी गिरीका अनुसार नेपाली सेना र प्रहरीले उनीहरूको खोजी रिरहेको छ। तर अझै अवस्था पत्ता लाग्न सकेको छैन।
आइतबार च्याउ टिप्न गएका उनीहरू साँझसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो। ती महिलाले मोबाइल नबोक्ने खुलेको छ।
यसैबीच, बेलडाँडी गाउँपालिकाका तीन जना महिला पनि आइतबारदेखि सम्पर्कविहीन भएका थिए। उनीहरू भने सोमबार बिहान सकुशल सम्पर्कमा आएको डीएसपी राउतले जानकारी दिए।
हाल नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीको संयुक्त टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र ती १४ महिलाको खोजीलाई तीव्र बनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij