Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कोसीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, २८ वटा ढोका खोलियो

कोसीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, २८ वटा ढोका खोलियो


  • 1.4K
    Shares

    कोसीमा पानीको बहाव २ लाख क्युसेक नाघ्यो, २८ वटा ढोका खोलियो
    images

    काठमाडौं । निरन्तरको वर्षापछि कोसी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघेको छ। आइतबार बिहान ८ बजे १ लाख ७६ हजार ३०५ क्युसेक रहेको बहाव दिउँसो ४ बजेसम्म बढेर २ लाख ९ हजार ८४० क्युसेक पुगेको हो।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेका अनुसार पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको छ। दिउँसो ३ बजेसम्म बहाव १ लाख ९० हजार ३९० क्युसेक मापन गरिएको थियो।

    पानीको बहाव खतराको तह नजिक पुगेपछि कोसी ब्यारेजमा चेतावनीस्वरूप रातो झण्डा र रातो बत्ती बालिएको छ। प्रशासनले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन तथा अनावश्यक रूपमा नदी किनारमा नजान आग्रह गरेको छ।

    प्रकाशित मिति :श्रावण ३ २०८३ आइतवार - १७:४८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij