Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

आफ्नै शरीरमा आगो लगाएका रौतहटका युवक वीर अस्पतालको आइसीयूमा भर्ना

आफ्नै शरीरमा आगो लगाएका रौतहटका युवक वीर अस्पतालको आइसीयूमा भर्ना


  • 1.7K
    Shares

    आफ्नै शरीरमा आगो लगाएका रौतहटका युवक वीर अस्पतालको आइसीयूमा भर्ना
    images

    काठमाडौं । आफ्नै शरीरमा आगो लगाएका रौतहटको गरुडा नगरपालिका-९ गमरिया टोलका गौतमकुमार सहनीलाई काठमाडौं ल्याइएको छ ।

    उनलाई वीर अस्पतालको आइसीयूमा राखेर उपचार थालिएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

    मंगलबार राति करिब १ बजे २८ वर्षीय सहनीले आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । आगलागीबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको बताइएको छ ।

    घाइते सहनीलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो । अस्पतालबाट बिहान करिब ४ बजे प्रहरीलाई सूचना प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको कमाण्डमा टोली घटनास्थल र अस्पतालमा खटिएको थियो । 

    प्रारम्भिक उपचारपछि सहनीलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाडौँ रिफर गरिएको थियो । 

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - १२:१९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij