Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१४ वर्षदेखि अँध्यारो गोठ र दाम्लोको सहारामा ईश्वरको जीवन, उद्धार र उपचारका लागि गुहार

१४ वर्षदेखि अँध्यारो गोठ र दाम्लोको सहारामा ईश्वरको जीवन, उद्धार र उपचारका लागि गुहार


  • 1.6K
    Shares

    १४ वर्षदेखि अँध्यारो गोठ र दाम्लोको सहारामा ईश्वरको जीवन, उद्धार र उपचारका लागि गुहार
    images

    काठमाडौं । डोटीका एक युवकका लागि विगत १४ वर्षदेखि एउटा अँध्यारो गोठ र नाइलनको दाम्लो नै उनको संसार बनेको छ। 

    जन्मजात मानसिक समस्याका कारण उनी पशुसरह बाँधिएर जीवन बिताउन बाध्य भएका हुन्। उनी डोटीको जोरायल गाउँपालिकाका २६ वर्षीय ईश्वर पातली हुन्। शारीरिक रूपमा जवान भए पनि मानसिक रूपमा उनी बालकजस्तै छन्। उनी न बोल्न सक्छन्, न त राम्रोसँग सुन्न नै सक्छन्। दिसा–पिसाबको समेत चेत नभएका ईश्वर १२ वर्षको उमेरदेखि गोठमा बाँधिँदै आएका छन्।

    गरिबी र चेतनाको अभावका कारण उनका बुबा लालबहादुर पातलीले छोराको समयमै उपचार गराउन सकेनन्। खेती–किसानी गरेर जीविकोपार्जन गर्ने यस परिवारका लागि अस्पतालको खर्च जुटाउनु निकै कठिन भयो। 

    अहिले बुढ्यौली लागेका ६२ वर्षीय बुबा लालबहादुर र ५५ वर्षीया आमा गङ्गादेवीलाई छोराको स्याहारसुसार गर्नुका साथै दिसा-पिसाब सफा गर्न पनि निकै कठिन भइरहेको छ। आफूहरूपछि छोराको भविष्य के होलारुू भन्ने चिन्ताले उनीहरू दिनहुँ पिरोलिएका छन्।

    अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ ले मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क उपचार र परामर्शको व्यवस्था गरेको छ। तर ईश्वरका लागि यो कानुनी व्यवस्था कागजमै सीमित बनेको देखिन्छ। 

    जिल्लाबाट पाउने अपाङ्गता भत्ताले दैनिक गुजारा चलाउन केही सहयोग गरे पनि उपचारको व्यवस्था हुन सकेको छैन। हाल बुबा लालबहादुरले छोराको उद्धार र उपचारका लागि मनकारी व्यक्ति, संघसंस्था र सरकारसँग सहयोगको पुकार गरिरहेका छन्। १४ वर्षदेखि गोठको अँध्यारोमा जीवन बिताइरहेका ईश्वर आज पनि कुनै मनकारी संस्था वा सरकारको सहयोगको पर्खाइमा छन्।

    प्रकाशित मिति :आषाढ ३१ २०८३ बुधवार - ११:०८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij