Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति, नसच्चिएसम्म विरोध कायमै रहने

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति, नसच्चिएसम्म विरोध कायमै रहने


  • 1.0K
    Shares

    प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको कडा आपत्ति, नसच्चिएसम्म विरोध कायमै रहने
    images

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति देशहित विपरीत रहेको भन्दै त्यो फिर्ता नलिएसम्म संसद्मा विरोध कायमै राख्ने चेतावनी दिएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले र अन्य विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र राजधानीमा घटेका घटनाहरूलाई लिएर सरकारको कडा आलोचना गरेका छन्।

    बैठकमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले देशको राष्ट्रिय स्वाधीनता र सीमाको रक्षा गर्ने मुख्य जिम्मेवारी सरकारको भए पनि प्रधानमन्त्री शाह आफैँले भारतको सीमा नेपालले मिचेको भनी गलत र राष्ट्रहित विपरीतको अभिव्यक्ति दिएको आरोप लगाए। उनले उक्त अभिव्यक्ति तत्काल फिर्ता लिएर संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्। सांसद ठगुन्नाले प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिबारे विपक्षी दलहरूले लगातार प्रश्न उठाउँदै आए पनि सरकारले त्यसलाई पूर्ण रूपमा बेवास्ता गरेको गुनासो गरेका छन्।

    एमाले सांसद ठगुन्नाले सोमबार मिडियाका कार्यालयहरू अगाडि महानगरका गाडी तेर्स्याएर सरकार र महानगरले पञ्चायतकालीन शैली प्रदर्शन गरेको भन्दै आपत्ति जनाएका छन्।

    त्यसैगरी, नेकपाका सांसद रमेश मल्लले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनतर्फ ध्यान नदिइएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले गणेश नेपालीको घटनापछि हिजो र अस्ति राजधानीमा भएका शृङ्खलाबद्ध घटनाहरू निकै गम्भीर र चिन्ताजनक रहेको बताएका छन्।

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - ११:३२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij